शाहरुख खानले भने- ‘मुश्किलले एक्सन हिरो बनेको छु’

शाहरुख खानले भने- ‘मुश्किलले एक्सन हिरो बनेको छु’

केन्द्रबिन्दु
0
Shares

बलिउडका बादशाह शाहरुख खानले आफू मुश्किलले एक्सन हिरो बनेको बताएका छन् ।

बलिउडमा शाहरुखको पठानले धुम मच्चाइरहेका बेला यस्तो प्रतिक्रिया आएकाे हाे । उनले भनेका छन्- ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौँ, राज त सबैको घरमा छ ।’

शाहरुखका पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको व्यापार गरिसकेको छ । छोटो समयमा यति धेरै रकम संकलन गर्ने रेकर्ड कायम गरेको यशराज फिल्मले जनाउँदै आएको छ ।

यसैबिच, शाहरुखले अभिनय गरेको दिलवाले दुल्हनिया ले जायंगेलाई पुन: सिनेमा हलमा उतारेको छ । भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुन: दर्शकमाझ ल्याएको हो । अहिले भारतका ३७ वटा सिनेमा हलमा सो चलचित्र प्रदर्शन भईरहेका छन् । 

Skip This
Skip This
Logo