अस्मिता र भीष्मको ‘अम्खरामा पानी’ सार्वजनिक

अस्मिता र भीष्मको ‘अम्खरामा पानी’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको  लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको  गीतमा  एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । 

भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ। 

पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, लोसिना लामिछाने, लोमश शर्मा र स्मारिका ढकाललाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।

मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीत गायक भीष्मको स्वरमा पहिलो हो । पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेका गायक भीष्मको शब्दमा यसअघि नै  ‘माया टिकटके’ ले चर्चा पाएको थियो ।

भिडियाे-

 

Skip This
Skip This
Logo