नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४’ ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरअनुसार फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ।
यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको हेमराज बीसीले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
दीपकराजको कथा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।





























प्रतिक्रिया