जेलमुक्त भएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) संघीय राजधानी काठमाडौं आइपुगेका छन् । उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।
अभिनेता शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा हजारौँको संख्यामा समर्थक पुगेका छन् । उनको प्रतिक्षामा रहेका समर्थकको भिडलाई छलेर विमानस्थलबाट घरतर्फ लैजान सकस भएको प्रहरीले जनाएको छ ।
अभिनेता शाहको समर्थनमा आएको भिडलाई छल्दै प्रहरीले उनलई अर्को बाटो प्रयोग गरेर घरतर्फ लैजाने प्रयास गरेको थियो । भित्री बाटोबाट लगेर नेपाल एयरलाइन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट पनि निस्किन नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर नायक शाहको घरतर्फ निस्किएको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका थिए ।
बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएर अभिनेता शाह जेल मुक्त भएका थिए ।
तस्विरहरू-
फोटो फिचर
प्रकाशित: १६ फागुन २०७९ १६:२६ मंगलबार