चलचित्र पत्रकार संघको २३ औं साधारण सभाबाट समिर बलामी निर्वाचित भएका छन्।
काठमाडौंमा बुधबार सम्पन्न साधारण सभाबाट बलामी ८३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याए। निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो। उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए।
यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्की ७४ मतमा सिमित रहे। सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन्। कोषाध्यक्षमा मनिष कार्की र सह–कोषाध्यक्षमा मनिष दाहाल विजयी भएका छन्। अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आवद्ध पत्रकार विजयी भएका छन्।
विजेताको सुचीः
अध्यक्षः समीर बलामी
उपाध्यक्ष कार्यक्रमः कुबेर गिरी
उपाध्यक्ष संगठनः विजय सुवेदी आवाज
उपाध्यक्ष महिलाः सुरक्षा भट्टराई
महासचिवः रघुनाथ सापकोटा
सचिव खुलाः नवीन गिरी
समावेशी सचिवः उद्धव रसाइली
समावेशी सदस्यः मोहम्मद जलिम
महिला सदस्यः सुष्मा कार्की
सदस्यहरुः
कृष्ण पाण्डे
अनुप भट्टराई
निशा बजगाई
अर्जुन गुरागाई
सिपी जैसी
सुरेन्द्र थापा





























प्रतिक्रिया