विवाह बन्धनमा बाँधिइन् लोक गायिका भुमिका गिरी

विवाह बन्धनमा बाँधिइन् लोक गायिका भुमिका गिरी

केन्द्रबिन्दु
0
Shares

चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन्।

सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन्। उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ। विवाहमा दुबै तर्फका सिमित आफन्त र साथीभाइ सहभागी छन्।

भुमिका र हिजनले केही बर्षको प्रेमलाई पारिवारिक सहमतीमा विवाहमा परिणत गरेका हुन्। गायिका गिरीले विवाह अगाडि ब्याचलर पार्टी दिएकी थिइन्। सोही सिलसिलामा उनले पहिलो पटक आफ्नो विवाहको खुलासा गरेकी हुन्। गायिका गिरीको ‘देउरालीमा’, चोली मैलो भो’ लगायतका गीत हिट छन्। 

Logo