गायक राजेश पायल राईकी पत्नी साङबुङ राईले माफी मागेकी छन् ।
बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत भएको पोष्टबाट पति राईलाई विभिन्न गालीगलैज भएपछि उनले आफ्नो फेसबुक अकाउण्ट ह्याक भएको भन्दै माफी मागेकी हुन् ।
बुधबार साङबुङको फेसबुक अकाउण्टबाट आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको भन्दै एउटा स्टाटस बाहिरियो, जुन भाइरल भएको थियो । गायक राईप्रति केही सञ्चारमाध्यमले समाचार बनाउनुका साथै सामाजिक सञ्जालमा गालीको ओइरो लागेको थियो ।
त्यसपछि आज पत्नी साङबुङले सामाजिक सञ्जालमार्फत नै स्पष्टिकरण दिएकी हुन् । उनले भनेकी छन्, ‘अस्तिदेखि मेरो फेसबुक अकाउण्ट ह्याक भएको हुँदा हाम्रो छोराप्रति मेरो बुढा राजेस पायल राइप्रति अनेक लाञ्छना लगाएको पोष्टप्रति म क्षमा चाहन्छु ।’
गायक राईले पनि बिना प्रमाण आफूविरुद्ध समाचार लेखेर मानहानी गर्न खोजिएको भन्दै सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् । आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको उनको दाबी छ ।





























प्रतिक्रिया