‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट

‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रशारण आज (शुक्रवार)बाट शुरु हुने भएको छ । 

बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो । ६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो । 

प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित थिए । 

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गरेका थिए । शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ । 

ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकाहरुलाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्वपूर्ण रहेको बताए । उनले बालबालिकाहरुले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकाहरुमा सबै गर्नसक्ने प्रतिभा रहेको बताए । आफ्नो समूहले जित्ने भन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको उनले बताए । 

द भ्वाइस किड्स सिजन २ हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ ।

Skip This
Skip This
Logo