‘धोकेबाज’को जस लिन खोजेको चर्चाबीच शिव परियारले दिए यस्तो प्रष्टिकरण

‘धोकेबाज’को जस लिन खोजेको चर्चाबीच शिव परियारले दिए यस्तो प्रष्टिकरण


डेढ वर्षअघि सार्वजनिक गीत ‘धोकेबाज हौ तिमी’ को जस लिन खोजेको चर्चाबीच गायक शिव परियारले प्रष्टिकरण दिएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत गायक परियारले यस गीतलाई ‘मेल, फिमेल चाईल्ड’ भर्सनमा आफ्नो स्वर दिने गायक गायिका नै उक्त गीतका आधिकारिक गायक गायिका भएको बताएका हुन् । 

उनले भनेका छन्, ‘धोकेबाज हौ तिमी गीत यस गीतका आधिकारिक स्रष्टा रसङ्गीतकार सुबास कार्की कार्की जिले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ, यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन र चोरी चकारी वा कभर गरेर हामि कसैले गाएको पनि हैनौं, यस गीतलाई मेल, फिमेल, चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन्, यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यक्ता मैले देखेको छैन । आधिकारिक रुपमा स्पष्ट पार्दछु ।’ 

No description available.

डेढ वर्षअघि सुवास कार्कीको शब्द एवं संगीत, विशाल निरौलाको एरेन्जमा पहिले यो गीत गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थियो । त्यसको केहीसमय पछि शिव परियारको स्वरमा यो गीत सार्वजनिक भएको थियो । पहिला यो गीतले खासै चर्चा नमाए पनि पछिल्लोसमय गायिका एलिनाले मेला/महोत्सवमा गाइन्, जसमा दर्शकहरूले लिरिक्स मिलाएर लिप्सिङ गरेको एक्सप्रेसन खुवै भाइरल भएको थियो । त्यसपछि गीतको जस लिन शिव र एलिनाबीच होड चलेको हो । 

Logo