नयाँ वर्षमा पोर्चुगलमा ‘राई इज किङ’को धमाका

नयाँ वर्षमा पोर्चुगलमा ‘राई इज किङ’को धमाका

केन्द्रबिन्दु
3
Shares

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘राई इज किङ’ अर्थात् नेपाली गीत संगीतका चर्चित हस्ती राजेश पायल राई हाल युरोप टुरमा छन् । 

बैशाख १ गते शुक्रबार नयाँ वर्षको अवसरमा गायक राईले पोर्चुगलको राजधानी लिस्बनमा आयोजित कन्सर्टमा धमाकेदार प्रस्तुति दिएका छन् । सो कन्सर्ट एटलान्टिक प्रा.लि.का पेमछिरी शेर्पाको आयोजना भएको थियो । ‘तिम्ले बाटो फेर्यौ रे, मैले मायाले दिएको चिनो, दर्शन नमस्ते, नाई नभन्नु ल’ लगायतका थुप्रै गीतहरु गाउँदै गायक राईले रातको १२ बजे नयाँ वर्षको ‘काउण्ट डाउन’ सुरु गरेका थिए ।

उनले सांगीतिक प्रस्तुतिहरु दिँदा मन्त्रमुग्ध भएर झुमेका सहभागीहरुले बारम्बार हुटिङ गर्दै थप गीत गाउन हौस्याएका थिए ।

सो सांगितिक कार्यक्रममा सिट सिमित रहेका कारण कयौं दर्शक फर्कनुसमेत परेको आयोजक शेर्पाले जानकारी दिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, स्थानीय कलाकार साथै स्थानीय पोर्चुगिज दर्शक पनि उपस्थित भएर निकै उत्साहपूर्वक झुमेका थिए ।  

अब ‘राई इज किङ’ स्पेनको सहर बार्सिलोना र म्याड्रिड, माल्टा, जिम्बुजेरा, फिनल्याण्ड, पोल्याण्डमा आयोजित सांगितिक कार्यक्रममा सहभागी हुनेछन् ।  

Skip This
Skip This
Logo