अक्षयले यी ६ अकाउन्टलाई मात्र फलो गर्छन् इन्स्टामा

अक्षयले यी ६ अकाउन्टलाई मात्र फलो गर्छन् इन्स्टामा

केन्द्रबिन्दु
0
Shares

एक्शनसँगै कमेडीबाट दर्शकको मनमा राज गरेका अक्षय कुमार बलिउड उद्योगका सुपर स्टार अभिनेता हुन् । तीन दशक लामो करियरमा उनले हिन्दी सिनेमालाई धेरै सुपरहिट फिल्म दिएका छन् । तर यस रिपोर्टमा हामी उनको करियर नभई उनको सोसल मिडिया अकाउन्टसँग सम्बन्धित एउटा रोचक कुरा बताउने छौं । तपाईलाई थाहा नहुन सक्छ इन्स्टाग्राममा ६४ मिलियनभन्दा बढी फलोअर भएका  अभिनेता अक्षयले भने ६ जनालाई मात्र फलो गर्छन् ।

अक्षय कुमारको यो लिस्टमा पहिलो नाम उनको पत्नी ट्विंकल खन्नाको आउँछ । ट्विंकल बाहेक अक्षयले ट्वीक इन्डियालाई पनि फलो गर्छन । यो ट्विंकल खन्नाको संस्था हो । यस्तै सूचीको तेस्रो स्थानमा कपडाको ब्रान्ड ‘फोर्स ११’ नाम आउँछ । जुन उनले आफ्ना साथी मनिष मन्धानासँग मिलेर खोलेका हुन् ।

यसबाहेक अक्षय कुमारले प्याड म्यान र प्रोडक्सन हाउस गोट पिक्चर्सको इन्स्टाग्राम ह्यान्डललाई पनि फलो गरेका छन् । अक्षय कुमारको यो सूचीको अन्तिम ६औंमा पूर्व केन्द्रीय क्याबिनेट मन्त्री कर्नल राज्यवर्धन सिंह राठौरको नाम समावेश छ । 

Logo