आर्यनको स्टारडममा ८०० को अडिसन, छानिए लक्ष्य लालवानी

आर्यनको स्टारडममा ८०० को अडिसन, छानिए लक्ष्य लालवानी


अभिनेता शाहरुख खानका छोरा आर्यनले निर्देशन गरिरहेको शो ‘स्टारडम’को कलाकारका लागि झण्डै ८०० ले अडिसन दिएका छन् । यो अडिसनबाट अभिनेता लक्ष्य लालवानी चुनिएका छन् । 

‘स्टारडम’ आर्यनको महत्वाकांक्षी प्रोजेक्ट हो ।

अभिनेता लक्ष्यले टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनी धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’का लागि छानिए । यो फिल्म उनको डेब्यू हो । फिल्ममा कार्तिक आर्यन र जान्हवी कपुरको अभिनय हुने चर्चा थियो ।

तर, कार्तिक बाहिरिएपछि फिल्म होल्डमा राखियो । फिल्म रोकिएपछि लक्ष्य शनाया कपुरको ‘बेधडक’मा जोडिए । शोका लागि लक्ष्यले ८ राउण्डको अडिसन र स्क्रिन टेस्ट दिनुपरेको थियो ।

‘स्टारडम’को काम यसै महिनाबाट सुरु हुने भनिए पनि कास्टिङ प्रक्रियाले यो केही पर धकेलिएको छ । शोमा शाहरुख खान र रणवीर सिंहको विशेष अभिनय रहनेछ ।

Logo