‘सकम्बरी’को अर्को दमदार अभिनय, दुर्गेशसँग देखिइन् ईंट्टाभट्टामा [भिडियो]

‘सकम्बरी’को अर्को दमदार अभिनय, दुर्गेशसँग देखिइन् ईंट्टाभट्टामा [भिडियो]

केन्द्रबिन्दु
0
Shares

प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट रातारात हिट भएकी कुसुम शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

कुसुम अभिनित ‘ईंट्टा भट्टी’ को बोलको नयाँ गीत  सार्वजनिक भएको हो, जसमा उनी गायक दुर्गेश थापाको जोडीका रुपमा देखिएकी छन् । गीत याम थापा मगरको रचना र संगीत अनि दिपेन थापाको स्वरमा सजिएको छ । 

विशाल घिमिरेको निर्देशन रहेको म्युजिक भिडियोमा दुर्गेश र कुसुमलाई ईंट्टाभट्टामा काम गर्ने मजदुर जोडीको रुपमा देख्न सकिन्छ । दुर्गेशकै कथा र अवधारणामा तयार भएको भिडिओ निकै मौलिक र सशक्त मानिएको छ । 

 

 

Logo