रिलिज अघि नै आदिपुरुषले कमायाे ४३२ करोड

रिलिज अघि नै आदिपुरुषले कमायाे ४३२ करोड

केन्द्रबिन्दु
0
Shares

प्रभास, कृति सेनन र सैफ अली खानको प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ।

फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतहुलता बढाइरहेको छ। फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन्।

अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ। करिब ५ सय करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ।फिल्मले नन थिए । ट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाएको हाे।

यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १ सय ८५ करोड कमाएको छ। फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन्। फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १ सय करोड कमाई गर्ने उनीहरुको ठोकुवा छ।

Logo