नीता ढुंगानाको निर्देशनमा ‘प्रतिक्षा’, गौरी मल्लका विभिन्न रुप [भिडियोसहित]

नीता ढुंगानाको निर्देशनमा ‘प्रतिक्षा’, गौरी मल्लका विभिन्न रुप [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशनमा तयार भएको एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो शुक्रबार साँझ सार्वजनिक भएको छ।

गायक कर्णदासको स्वर तथा संगीतमा तयार भएको ‘प्रतिक्षा’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गर्दै अभिनेत्री ढुंगानाले निर्देशनको क्षेत्रमा समेत पाइला अघि बढाएकी हुन्। सचिता कर्माचार्यले यो गीत रचना गरेकी हुन् ।

नेपाली फिल्मकी अभिनेत्री ढुंगाना पछिल्लो समय ‘ह्रस्व दीर्घ’ फिल्मको निर्माण तथा अभिनयमा व्यस्त छिन्। भिडियो निर्देशन गर्दै अभिनेत्री ढुंगानाले भविष्यमा फिल्म नै निर्देशन गर्ने संकेत गरेकी छिन्।

सचिता कर्माचार्यको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोको छायांकन सञ्जय लामाले गरेका हुन् भने मिला श्रेष्ठले यसको सम्पादन गरेका छन् ।

सार्वजनिक गीतमा अभिनेत्री गौरी मल्ललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेत्री मल्लका विभिन्न रुपलाई चित्रण गरिएको छ।

हराएका श्रीमानको प्रतिक्षामा रहेकी श्रीमतीको वास्तविक कथामा भिडियो बनेको हो । भिडियोमा मल्लसहित सुरेश शिल्पकार, गजित बिष्ट, गोपालकाजी कायस्थ, सृष्टी भुजेल, दिव्या कार्की, उषा डंगोल, बिना डंगोल, पुजा श्रेष्ठ, समिक्षा गदाल, पुष्पा बिश्वकर्मा, डिबी घिमिरे, सरोज खड्की र रामभक्त कोइरालाको साथमा बाल कलाकार कृर्तिका बस्नेत, लेसी अधिकारी, सुनिप कार्की, र अनुरोध गोदारले अभिनय गरेका छन्।

 

Skip This
Skip This
Logo