गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा स्मारिका र जोन [भिडियाे]

गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा स्मारिका र जोन [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर समावेश 'ए सुवा' बोलको गीतको भिडियो रिलिज भएको छ ।

लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय संचालन गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा सागर खरेलका शब्द, दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय स्मारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो- ए सुवा । त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।  

उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइ लगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।

 

Logo