गायक स्वरुपराज आचार्यको ‘धुँवा धुँवा’मा प्रान्जल र स्मृति

गायक स्वरुपराज आचार्यको ‘धुँवा धुँवा’मा प्रान्जल र स्मृति

केन्द्रबिन्दु
0
Shares

गायक स्वरुपराज आर्चायको स्वर रहेको  ‘धूँवा धूँवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरिएको हो।

सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ। सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ। धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। 

प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियोमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ।केशवराज भट्टको निर्देशन  रहेको  भिडियोको छायांकन  उत्सव दाहालले गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन्। प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो  तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो।

 

Skip This
Skip This
Logo