समीक्षा अधिकारीले एकै दिन रेकर्ड गराइन् ७ गीत

समीक्षा अधिकारीले एकै दिन रेकर्ड गराइन् ७ गीत

केन्द्रबिन्दु
0
Shares

निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले धक्का खाएकी गायिका समीक्षा अधिकारी अब पुरानै दैनिकीमा फर्केकी छन् । 

उनले केही दिनअघि मात्रै उनले एकै दिन ४ वटा गीत रेकर्ड गराएकी थिइन् । सोमबार समीक्षाले फेरी एकै दिन ७ वटा गीत रेकर्ड गराएर पुरानो आफ्नो रेकर्ड तोडेकी छिन् । जसले उनी फेरि डिमान्डेड बन्ने संकेत गरेको छ ।

सामाजिक सञ्जालमा गालीगलौज गर्नेदेखि उनमाथि ढुंगासमेत प्रहार गरियो । सँगै उदाएका गायिकाहरु देश-विदेशका कार्यक्रमहरुमा व्यस्त रहँदा समीक्षा घरमै रोएर दिन काटिरहेकी थिइन् । कैयौं दिनसम्म उनले गीत गाउन सकिनन् ।

उक्त घटनापछि उनलाई गीत दिन कसैले हिम्मत गर्न छोडे । पहिले उनीसित काम गर्न कैयौं दिन पर्खेर अपोइन्टमेन्ट लिनेहरु अब उनी देख्दा पनि भाग्ने भए । यसले गर्दा समीक्षा कामविहीन बनिन् । एक वर्षको लामो मानसिक यातनापछि उनको जीवन पुनः ट्रयाकमा फर्किएको छ ।

उनले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तापछि धेरै मानिसहरुको सोच र उनीप्रतिको दृष्टिकोण बदलिएको छ । सामाजिक सञ्जालमा कैयौंले सहानुभूति व्यक्त गरिरहेका छन् भने उनीमाथिको गाली विस्तारै साम्य भएको छ । उनी आफ्नो काममा पुनः ब्याक भएकी छन् ।

Logo