पेरिसमा राजेशपायल राईले मच्चाए धमाका, झुमे विदेशीहरु पनि

पेरिसमा राजेशपायल राईले मच्चाए धमाका, झुमे विदेशीहरु पनि

केन्द्रबिन्दु
0
Shares

नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईले फ्रान्सको राजधानी पेरिसमा धमाका मच्चाएका छन्।

नेपाली सांस्कृतिक गृहले जुन ४ मा आयोजना गरेको १८औँ नेपाल महोत्सवमा गायक राईले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए। उनले 'मायाको लागि आइ परे ज्यान पनि त्याग्न राजी छु' बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका थिए। 

त्यसपछि गायक राईले क्रमश: 'दर्शन नमस्ते,नाइ नभन्नु ल, म त मर्छु कि क्या हो ठूली, यानी माया, दिक्तेल बजार' लगायतका गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । उनको लगातार २ घण्टाको सांगीतिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए।

No description available.

महोत्सवमा नेपाली कला र संस्कृतिलाई माया गरेर नेपाली त आउने भइहाले, साथै विदेशीहरुको पनि बृहत उपस्थितिले आफूहरूलाई थप हौसला मिलेको नेपाली सांस्कृतिक गृहका संयोजक कविन्द्र कायस्थले बताए । महोत्सवबाट उठेको मुनाफा नेपाली वैज्ञानिक महावीर पुन मार्फत नेपाल राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिने उनले बताए।

नेपाली सांस्कृतिक गृहले नेपाली कला संस्कृतिलाई सम्बर्धन गर्न फ्रान्समा हरेक वर्ष नेपाली महोत्सवको आयोजना गर्दै आएको छ । उनले फ्रान्स बसाईको क्रममा नेपाली राजदूत दिपक अधिकारीसँग पनि भेटघाट  गरेका थिए । 

No description available.

Logo