फिल्म ‘कार्साङ’मामा दयाहाङ राई अनुबन्धित

फिल्म ‘कार्साङ’मामा दयाहाङ राई अनुबन्धित

केन्द्रबिन्दु
0
Shares

अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । 

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो, तर उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

Skip This
Skip This
Logo