सुरज पाण्डेको निर्देशनमा निर्मित चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार नयाँ बानेश्वरस्थित आईप्लेक्स मलमा आयोजित एक पत्रकार सम्मेलनमा चलचित्र निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेका हुन् ।
चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, बालकलाकार अर्पित न्यौपानेलगायत कलाकारहरुको भूमिका रहेको छ ।
निर्माता सर्मिला पाण्डे, लेखक दिपेन्द्र के. खनाल र निर्देशक सुरज पाण्डेद्धारा निर्मित चलचित्र आगामी असार १५ मा रिलिज हुने भएको छ । चलचित्रमा वैवाहिक सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकट र अहिले हाम्रो समाजमा श्रीमान् श्रीमती र प्रेमि-प्रेमिकाबीच भइरहेको विवाद र त्यसले सम्बन्धमा निम्त्याउन सक्ने समस्यालाई समेटिएको छ ।
.jpg)
निरज पाण्डेले छायांकन गरेको चलचित्रमा काठमाडौं, पोखरा र मुस्ताङलगायतका मनाेरम दृश्यहरु कैद गरिएकाे छ ।
केही समययता नेपाली चलचित्र विदेशी भाषामा निर्माण भएर प्रदर्शन हुने क्रम बढ्न थालेको छ । ‘परस्त्री’लाई पनि भारतका हलमा प्रदर्शन गर्ने उद्देश्यसहित हिन्दीभाषामा समेत डब गरिएको छ ।
अभिनेता हुँदै निर्देशक बनेका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिएका छन् । यसकाे ट्रेलर भने छिट्टै नै प्रर्दशन हुने उनले बताए । हिन्दीभाषामा बनेको नेपाली चलचित्रले दर्शकको माया पाएमा देशमा चलचित्र निर्माणका लागि राम्रो बजेट भित्रिन सक्ने सम्भावना उच्च रहेको पनि निर्देशक पाण्डे बताउँछन् ।





























प्रतिक्रिया