बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान?

बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान?

केन्द्रबिन्दु
0
Shares

करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन्। १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो। यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए।

सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो। ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका छन्।‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्,‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिए। तर उनीहरुले यो कुरालाई स्वीकारेनन्। त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ।’

सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन्। ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’,उनी भन्छन्। सलमानको बुझाइमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन्।

Skip This
Skip This
Logo