गायक प्रकाश सपुतमाथी बोतल प्रहार,दोषीलाई कारवाही गर्न प्रतिष्ठानको माग

गायक प्रकाश सपुतमाथी बोतल प्रहार,दोषीलाई कारवाही गर्न प्रतिष्ठानको माग

केन्द्रबिन्दु
0
Shares

गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ।  रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो। उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ। 

युरोपेली देश रोमानियामा प्रकाश प्रिती आलेसहित सांगीतिक मेलामा पुगेका थिए। घटना के कारणले भयो र उनीमाथि बोतल प्रहार गर्ने को हुन्? भन्ने विषय खुलिसकेको छैन।

उक्त घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विज्ञप्ति जारी दोषीलाई कडा कारवाहीको माग गरेको छ। 

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव श्री प्रकाश सपुतज्यू माथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल २’ मा आफ्नो प्रस्तुति प्रस्तुत गरिरहेका बेला बोतल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ। 

Logo