अभिनेत्री प्रियंका कार्की ठूलो पर्दामा काम गरेपछि सानो पर्दामा काम गर्नुहुँदैन् भन्ने कहीँ नलेखिएको भन्दै आफूले जुनसुकै भूमिकालाई सम्मान गर्ने तर्क गरेकी छिन् ।
हिमालयन रोडिजको प्रसारणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा उनले आफू सानो पर्दाबाट आएको भन्दै आफूले आफ्नो काममा गर्व गर्ने बताइन्। ‘कहीँ पनि लेखिएको छैन् कि ठूलो पर्दामा काम गरेपछि सानो पर्दामा गर्नु हुदैन् भनेर म सानो पर्दामै काम गरेर आएको मान्छे हुँ ।’ उनले भनिन् ‘ सानो पर्दामा काम गर्दा वित्तिकै ठुलो पर्दामा काम छैन् भन्ने होइन ।’
पछिल्लोसमय भूमिका नपाएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘भौतारिएर हिँडेको भए म घरमा हुन्थेँ होला, यति धेरै बिजी भैरहेको छु । सो भौतारिएर हिँडेको भए यस्तो बिजि स्केजुल हुँदैनथ्यो होला ।’
रियालिटी शो ‘हिमालय रोडिज’को पाचौं सिजनमा नायिका प्रियंका निर्णायकको रुपमा देखिने छिन् । उनले नायिक दिया मास्केको ठाउँ लिएकी हुन् । अब यस सिजनमा निर्णायकको रुपमा प्रियंकासंगै आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई दर्शकले देख्न पाउने छन् । सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीले होस्ट गर्नेछन् ।





























प्रतिक्रिया