सिडी विजयको सुमधुर स्वरमा ‘चरी’ गीत सार्वजनिक [भिडियो]

सिडी विजयको सुमधुर स्वरमा ‘चरी’ गीत सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय गायक एवं संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको 'चरी' गीत सार्वजनिक भएको छ  

रचनाकार जीवनदास सुनारको शब्द/रचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीत सार्वजनिक गरिएको हो । धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ  । 

धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको सिनेमाटोग्राफी, सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । 

यसअघि जीवनदास सुनार र सिडी विजय अधिकारीको सहकार्यमा समिक्षा अधिकारीको आवाजमा रहेको "म चन्द्रमा हुँ" गीत रिलिजको छोटो समयमै निकै चर्चित पनि बनिसकेको छ भने सिडी विजय र एनक्समसको "दुरी मजबुरी" र "अविरल माया" स्रोता दर्शकले अत्याधिक रुचाइएका गीतहरुमा पर्छन्  ।

 

Logo