अन्ततः बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकले मागे माफी

अन्ततः बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकले मागे माफी

केन्द्रबिन्दु
0
Shares

आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन्। आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुँदा पनि माफी माग्न अस्विकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन्। 

‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले  ट्विटरमा माफी माग्दै अगाडी लेखेका छन, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन।’

नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाईएको थियो भने उनले लेखेका संम्बाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका विभिन्न अदालतमा सो फिल्मविरुद्ध मुद्दा दर्ता भएको थियो।

टपोरी भाषामा फिल्मका संम्बाद राखिएको भन्दै विवादमा परेपछि केही संम्बाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसकाकारण सो फिल्म आफ्नो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो। 

Skip This
Skip This
Logo