पल शाहको आक्रोशः निधारमा म बलात्कारी हुँ लेख्नुपर्ने हो?

पल शाहको आक्रोशः निधारमा म बलात्कारी हुँ लेख्नुपर्ने हो?

केन्द्रबिन्दु
0
Shares

नायक पल शाहले अदालत बाट सफाई पाएपनि आफूमाथि बलात्कारीको ट्याग कायमै रहेको भन्दै दुख व्यक्त गरेका छन्।

टेलिभिजन कार्यक्रम‘ह्वाट द फ्लप’मा सोमबार साँझ कुरा गर्दै नायक शाहले अहिले पनि आफूलाई हेर्ने समाजको नजर परिर्वतन नभएको गुनासो गरेका हुन्। सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले भने,‘म बलात्कारी हुँ’ लेखेर हिँड्नुपर्ने हो?’

कानूनी रुपमा आफूले सफाइ पाएपनि समाजिक रुपमा जीवन जिउन निकै कठिन भइरहेको पनि नायक शाहले बताए। म के गरौँ, कसरी बाचौँ, कसरी हिँडौँ, कसरी बोलौँ,कसरी खाउँ,कसरी लाउँ भन्ने प्रश्न गर्दै उनले थपे,‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ कि, खुल्लम खुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ?’ 

आफूमाथी लागेको मुद्दालाई मानविय जीवनमा आउने उचार चढावका रुपमा स्मरण गरे। विधि र कानून अनुसार बाच्ने अधिकार सबैलाई भएको जनाउँदै नायक शाहले भने,‘म अहिले समान्य जीवन जिउन खोजी रहेको छु। तर, मेरो विरोध मात्र भइरहेको छ। आफ्नो कुरा पनि राख्न पाएको छैन। यस्तो पनि हुन्छ?’ अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा “म बलात्कारी हुँ” लेखेर हिँडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ भन्ने प्रश्न पनि शाहले गरे। 

Logo