फेरि रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’

फेरि रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’

केन्द्रबिन्दु
0
Shares

१८ बर्ष पहिले बनेको चलचित्र 'कर्तव्य'मा रहेको गीत 'बादल बर्षा बिजुली' पछिल्लो समय निकै चर्चित बन्यो। छोटा भिडियोका लागि रुचिकर बनेको सञ्जाल 'टिकटक'ले यो गीतलाई पुनरुज्जीवन दिलायो। यो गीत 'भाईरल'भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन्।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनःरेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ। गीतको एरेन्ज पनि पुनः गरिएको छ।

पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन्। गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन्।
 
गीत सार्वजनिक कार्यक्रममा गायक-गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो। यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो। गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ।

 

Logo