प्रयास गर्नुस्, एउटा क्लिकले तपाईंको जीवन परिवर्तन गर्नसक्छः मिस युनिभर्स भुजेल

प्रयास गर्नुस्, एउटा क्लिकले तपाईंको जीवन परिवर्तन गर्नसक्छः मिस युनिभर्स भुजेल

केन्द्रबिन्दु
0
Shares

मिस युनिभर्स नेपाल -२०२२ को उपाधि जितेकी सोफिया भुजेलले आफ्नो लागि मिस युनिभर्स नेपाल ‘रोलर कोष्टर राइड’जस्तो भएको बताएकी छन् । 

बिहीवार पर्यटन बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मिस युनिभर्स भुजेलले आफूले मानिसको जीवनलाई परिवर्तन गर्न सक्छु भन्ने उत्साह बोकेको बताएकी हुन् । उनले प्रयासले नै भिजन परिवर्तन हुने पनि बताइन् । ‘मिस युनिभर्स नेपाल मेरो लागि एउटा रोलर कोष्टर राइड जस्तो हो, जसले मलाई यसको प्रभाव कति गहिरो छ भन्ने कुरा पनि बुझाएको छ । म के भन्न चाहन्छु भने प्रयास गर्नुस् तपाईको एउटा क्लिकले तपाईको जीवन परिवर्तन गर्न सक्छ ।’ उनले भनिन् ।  

सोफियाले २० जना प्रतिष्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी हुन् । उनले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गरेकी छिन् । साथै, ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 

विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता, सम्मानित मिस युनिभर्स फ्रान्चाइजअन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो ।

Logo