भक्कानिँदै नायक नवलले भने- भीमदत्तको जीवन सम्झेर धेरै रोएको छु

भक्कानिँदै नायक नवलले भने- भीमदत्तको जीवन सम्झेर धेरै रोएको छु

केन्द्रबिन्दु
0
Shares

नायक तथा निर्माता नवल खड्काले भीमदत्त पन्तको जीवन संर्घष सम्झेर आफू धेरै रोएको बताएका छन् । 

बुधबार ३१औँ किसान सहिद दिवस तथा ७०औँ भीमदत्त पन्त स्मृति दिवसको अवसरमा सम्मानित भएपछि उनले, भिम दत्त पन्तको जीवन र बलिदानलाई सम्झेर आफु निकै रोएको बताएका हुन् । ‘म उहाँको बलिदान उहाँको परिवार र उहाँको जिवनीलाई सम्झेर धेरै रोए । राज्यले भीम दत्त जस्तो व्यक्तिलाई राष्ट्रिय सम्मान दिनुपर्छ र  उहाँलाई सहिद घोषणा गर्नुपर्छ । यसैको लागि भए पनि मैले चलचित्र बनाउनु पर्छ जस्तो लाग्यो ।’

भीमदत्त पन्त सरकारले घोषणा गरेको सहिद नभई जनताले घोषणा गरेको सहिद हो भनेपछि यो फिल्म बनाउनुपर्छ भन्ने सोच आएको उनले बताए । ‘पहिलोपटक जनताले मानेको सहिद तर राज्यले घोषण गरेको छैन भनेपछि मलाई अचम्म लाग्यो उहाँको सालिक पनि जनताले नै बनाको भने पछि मैले फिल्म बनाउने निर्णय गरे ।’

उनले राज्यले यस्ता सहिदहरुको सपना पूरा गर्ने कुरामा पहल र सकारात्मकता देखाउनुपर्ने बताए । 

Skip This
Skip This
Logo