स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक भएको छ।
आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को सोमबार काठमाडौंमा आयोजित कार्यक्रमा ट्रेलर सार्वजनिक गरिएको हो । कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्ममा स्वस्तिमा र मुकुनसहित वर्षा राउत, सुशील सिटौला, कोशिश क्षेत्री, बुद्धि तामाङलगायतको मुख्य अभिनय छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह निर्माताको रुपमा रहेका छन् । कृषाको यो डेब्यू निर्देशित फिल्म हो । उनले यसअघि इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँसु जस्ता फिल्म निर्माण गरेकी थिइन्।
राजनीतिक कथावस्तुमा केन्द्रित ‘ऐंचो पैंचो’को दुई मिनेट ३० सेकेन्डको ट्रेलरमा फिल्मको प्रायः सबै कलाकार अटाएका छन्।
सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्वपर्यटन तथा संस्कृती मन्त्री प्रेमबहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । आलेले पछिल्लोसमय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए ।





























प्रतिक्रिया