चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ हुने, चाँडै मिति घोषणा गरिने

चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ हुने, चाँडै मिति घोषणा गरिने

केन्द्रबिन्दु
0
Shares

लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज पहिलो साता फिल्मी अवार्ड हुने भएको छ । 

‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । 

हाउसका महाप्रबनधक हरि कार्कीले बुधबार चितवनमा पत्रकारहरुसंग कुराकानी गर्दै अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए । अवार्डको कार्यक्रममा २४ बिधामा कलाकारहरुलाई सम्मान गर्ने जानकारी कार्कीले दिए । 

उनले भने, “असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौँ । मिति कलाकारहरु संग बसेर तय गर्ने छौ छिट्टै मिति घोषणा हुन्छ ।” चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तर्क्रिया कार्यक्रमलाई तीव्र बनाएको छ ।

विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रण दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रमहरु अघि बढि रहेको कार्कीले जानकारी दिए । उनले भने, “अहिले नोमिनेसको काम तीव्र बनाएका छौं, चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिनेछ ।”

वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रबर्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Logo