चलचित्र गणपतिको गीत चलचित्र रिलिज अगावै चर्चामा

चलचित्र गणपतिको गीत चलचित्र रिलिज अगावै चर्चामा

केन्द्रबिन्दु
0
Shares

चलचित्र गणपतिको “उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला”बोलको गीत चलचित्र रिलिज अगावै चर्चामा आएको छ। यो गीत अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा चलचित्र रिलिज अगावै हिट भएको हो।

शंकर अधिकारी घायलको रचना र बाबुल गिरिको संगीत रहेको उक्त गीतको सामाजिक सञ्जालमा चर्चा चल्न थालेको छ। चलचित्र गणपति नेपालसँगै बिश्वभर एक साथ प्रदर्शनको मिति तय भएसँगै गीत पनि हिट भएपछि चलचित्रको ब्यापार समेत बढ्ने ठाँनिएको हो।

सबिन अधिकारीद्वारा लिखित तथा निर्देशित रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ। फिल्म अमेरिका,अष्ट्रेलिया, जापान,क्यानडा,मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ।

रिजाल एन्ड रिजाल प्रोड्क्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो। भदौ १४ गते प्रदर्शन हुने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भुमिकामा छ्न्।

Skip This
Skip This
Logo