‘गदर २’को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी

‘गदर २’को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनित फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ।

हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन। आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले पनि यो फिल्मको गतिलाई रोक्न सकेन।

तारा सिंहलाई संसारभर मन पराइएको छ, जसका कारण उनको चर्चा सर्वत्र छ। तारा सिंह र सकिनाको कथाले विश्वभर करोडौंको व्यापार गरेको छ। हालै यसको १६ औँ दिनको कमाई सार्वजनिक भएको छ।

एक रिपोर्टका अनुसार फिल्मले शनिबार मात्रै १३ करोड कमाएको छ। विगत ५ दिनदेखि गदर २ को कमाईमा कमी आएको भए पनि शनिबार चलचित्रले अघिल्लो दिनको तुलनामा दोब्बर कलेक्शन गरेको छ।

अहिले फिल्मको कुल कमाई ४४० करोड पुगेको छ। आइतबार फिल्मले घरेलु बक्स अफिसमा ४५० को आंकडा छुने अपेक्षा गरिएको छ। योसँगै विश्वब्यापी बक्स अफिसमा यो फिल्मको कलेक्सनले ५७५ करोडको आँकडा पार गरेको देखिन्छ। 

गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो। यसको सिक्वेलमा गदरको स्टारकास्ट मात्रै देखा परेका छन्। सनी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिएका छ।

फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन्। गदर २ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ। फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ।

Skip This
Skip This
Logo