समाज सेवामा सैनिक श्रीमती संघको अविराम यात्रा,असोज ५ मा अर्को कार्यक्रम

समाज सेवामा सैनिक श्रीमती संघको अविराम यात्रा,असोज ५ मा अर्को कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

सामाजिक कार्यमा अग्रणी रहेको नेपाल सैनिक श्रीमती संघले आगामी ५ असोजमा फरक क्षमता भएका बालबालिकाका निम्ति विशेष कार्यक्रमको तयारी गरेको छ । 

त्यस्ता बालबालिकाका निम्ति स्थापना गर्न लागेको दिवा विद्यालयको सहयोगार्थ विशेष कार्यक्रम गर्न लागिएको हो । बरदान फरक क्षमता दिवा विद्यालयको सहयोगार्थ त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा नेपालका ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहेको सांगीतिक कार्यक्रम ‘बरदान सुर–सन्ध्या’ गरिन लागिएको हो ।

सेवा नै परम् धर्म, सेवा नै परम् तप हो भन्ने आदर्श बोकेको श्रीमती संघले प्रबन्ध लिभेन्स स्टुडियोसँग सहकार्यमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको निर्देशन एलिस कार्कीले गरेका हुन् ।

सैनिक श्रीमती संघले यसअघि पनि अनेक सामाजिक काम गरेको थियो । बलिउड कलाकार सोनाक्षी सिन्हालाई नेपालमा ल्याएर गरेको कार्यक्रमबाट संकलित रकम पनि एकीकृत बस्तीमा दिने कार्य सैनिक श्रीमती संघले गरेको थियो ।

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको थियो। धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

त्यस्तै शितलहरमा न्यायो कपडा वितरण, बहिरा विद्यालयमा खाद्यान्न र कपडा वितरण, अस्पतालमा स्वास्थ्य सामग्री वितरणलगायतका विभिन्न सामाजिक काममा श्रीमती संघको सक्रियता रहँदै आएको छ ।

Skip This
Skip This
Logo