कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’को घोषणा भएको छ।आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन कार्यक्रमको घोषणा गरिएकाे हाे।
कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई अभिनेता राजेश हमालले होस्ट गर्ने भएका छन्। इ-स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको जनाएको छ।
यस शो मा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ। यो शोलाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने मास्टर होस्टको रुपमा अभिनेता हमाल छन्। जजकाे भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।
कार्यक्रममा बोल्दै हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषिसँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए। ‘तीन दशक लामो अभिनय यात्रामा कैंयनपटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु’ हमालले भने।
उनले अघि भने,‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो। अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु। यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ।’
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, किसान समुहका प्रतिनिधि, प्राध्यापक, व्यापारिक संघसंस्था, पत्रकार, विध्यार्थी लगायतको उपश्थिति थियो। कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले कृषि र प्राथमिक उत्पादनको क्षेत्रमा बढेको निराशामा यस रियालिटि शो ले कमि ल्याउने विश्वास व्यक्त गरेका थिए।
शोका निर्देशक शैलेश कँडेल क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरुबीचको प्रतिस्पर्धा नभएको बताएका छन्। कृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको निर्देशक कंडेलले जनाए। गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ।































प्रतिक्रिया