आउँदो भदौ २४ गते लण्डनको आईम्याक्स सिने वल्र्डमा हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको प्रिमियर सोलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने भएको छ।
प्रिमियरको तयारीका लागि लण्डन पुगिसकेका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार प्रिमियरमा लण्डनका हाईभोल्ट अधिकारीहरुदेखि लिएर हलिउडका हस्तीहरुको समेत उपस्थिती हुने भएपछि लण्डन मेट्रोपोलिशन प्रहरीले प्रिमियर सोमा विशेष सुरक्षा प्रदान गर्न लागेको हो।
ईन्सपेक्टरको कामाण्डमा न्यूनतम २५ तथा अधिकत्तम उहाँहरुको प्लान अनुसार डब्बल वा ट्रिपलको संख्यामा प्रहरी परिचालित हुने निर्देशक चाम्सको भनाई छ।
चाम्सका अनुसार गोर्खा वारियरको रेड कार्पेटमा हलिउड फिल्म स्टारर्स वार र मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली (Tommy Gormley – Producer -Star Wars & Mission Impossible) देखि लिएर हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ (Andrew Smith OBE- MD Pinewood Studio) सहित अपरेशन म्यानेजर म्याट हाटकिन (Matt Hodgkin – Operation Manager) गत बर्ष ओस्कार अवार्डका विजेता डिओपी जेम्स फ्रेन्ड (James Friend -DOP- Oscar Winner -All Quite on the western Front -सम्मले सहभागिता जनाउने निश्चित भईसकेको छ।
दुई लेयर बार बनाएर सुरक्षा प्रदान गर्न लागिएको उक्त कार्यक्रममा व्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले रेडकार्पेटमा पर्फम गर्ने सेड्यूल समेत बनाईएको छ।
करिब ८ सय सिट क्षमता रहेको आईम्याक्स सिने वल्र्डमा विश्वका हरेक देशका निर्माताहरुले प्रिमियर सो आयोजना गर्ने गर्दछन्। उक्त हलमा मिसन ईम्पोसिवल देखि लिएर दर्जनौ हलिउड फिल्मको प्रिमियर सो भईसकेका छन्।































प्रतिक्रिया