वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन


वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति निधन भएको हो।

सन् १९३९ अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनी पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। अविवाहित दिलमायाले संगीतकार एवं गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग सहकार्य गरेकी छन्।

उनले ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा….’, ‘खोलाको दुई किनार….’, ‘सम्हाल पछ्यौरी…,’ ‘सम्झे है बुझे है यो मेरो जोवन…’, लगायत एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी छन्।

Logo