लायन्स क्लबले यम बराल ‘हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ गर्ने

लायन्स क्लबले यम बराल ‘हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ गर्ने


‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ ले ‘यम बराल हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् क्लबले आगामी कात्तिक १८ गते उक्त कन्सर्ट आयोजना गर्न लागेको जानकारी दिएको हो । 

क्लबकी अध्यक्ष कल्पना बस्नेतले कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने कुरामा हामी विश्वस्त छौं ।’

‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप सांस्कृतिक कार्यक्रम गर्न लागिएको उनको भनाई छ । 

क्लबले कन्सर्टबाट संकलित रकमबाट गुरुकुलीन शिक्षाका लागि वेदाश्रम, मन्दिर र घर भने सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक शिक्षाका लागि शिक्षालय वा विद्यालयलाई सहयोग गर्ने योजना बनाएको छ ।
 
‘गुरुकुलीन शिक्षाका लागि वेदाश्रम, मन्दिर र घर भने सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक शिक्षाका लागि शिक्षालय वा विद्यालय हो, यही कुरालाई मनन गर्दै चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको बसोबास रहेको धादिङको गजुरी गाउँपालिका–५ पीडामा रहेको श्रीडोल भञ्ज्याङ माध्यमिक विद्यालयमा क्लबले सहयोग गर्ने योजना बनाएको छ ।’

इलामको फिक्कलमा जन्मिएका गायक बराल नेपाली आधुनिक संगीतका मूलधारका शीर्ष गायक तथा नेपाली चलचित्रका पाश्र्व गायक तथा संगीतकार हुन् । उनले २०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । 

उनले रेडियो नेपालबाट २०४९ सालमा प्रथम पुरस्कार प्राप्त गरेका थिए । ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘मन रोएको’, ‘अब चोटहरुले’, ‘निष्ठुरीले छोडेर गइहाली’, ‘तिमीलाई सम्झिँदा’, आर्शिवाद’, ‘मन’, ‘वेद’, ‘धुन’ जस्ता सुमधुर गीतहरु आजका पुस्तामा पनि लोकप्रिय छन् ।

Logo