बालापनमा दसैँमा १० रुपैयाँ दक्षिणा पाउँदा सबैभन्दा धेरै लाग्थ्योः अभिनेता विपिन कार्की

बालापनमा दसैँमा १० रुपैयाँ दक्षिणा पाउँदा सबैभन्दा धेरै लाग्थ्योः अभिनेता विपिन कार्की

केन्द्रबिन्दु
0
Shares

फूलपातीको दिन पारेर ‘भष्मे डन’ अर्थात् ‘पशुपति प्रसाद २’ प्रदर्शनमा आएको छ। सोही कारण भष्मे डनका मुख्य पात्र विपिन कार्की चलचित्रको प्रचारप्रसारमा व्यस्त छन्।

विपिन दसैँको मुखमा आफ्नो लोकप्रिय चलचित्र पशुपति प्रसादको सिक्वेलका रूपमा भष्मे डन प्रदर्शन हुँदा यस वर्षको आफ्नो दसैँ भष्मे डनमय भएको बताउँछन्। विराटनगर स्थायी घर भएका अभिनेता विपिन दसैँ मनाउन घर पुग्ने गर्छन्। विराटनगर नपुगी आफूलाई दसैँ आएको महसुस नै नहुने कार्कीको भनाइ छ। 

उनी भन्छन् ‘म टीका अगाडि नै घर पुगेर एकसाता बिताउने योजना छ। किनकी पूर्णिमालगत्तै नयाँ चलचित्र महाजात्राको छायाङ्कनमा व्यस्त हुनेछु।’ उनको दसैँसँग धेरै सम्झना जोडिएको छ। दसैँमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण उनको छ। 

‘सानो छँदा दसैँकै आसपासमा खुट्टामा घुँडा तल अलिकति काटिएको थियो। दसैँमा मामाघर जाने र दक्षिणा पाउने जोशमा साइकल चढेर पुगेँ। घर आएपछि खुट्टा सुनिएर हस्पिटल नै पुग्नुपरेको थियो। दसैँ मेरो लागि बाल्यकालदेखि नै खास छ।’

विपिन कार्कीलाई चाडपर्व पछिल्ला पुस्ताहरुको लागि भएपनि जोगाउनुपर्ने बताउँछन्। अझ यसमा कलाकारको भूमिका मुख्य रहने पनि उनको भनाइ छ। उनी भन्छन्‘कलाकार भएपछि दसैँ अझैँ खास लाग्न थालेको छ। चेतनास्तर पनि बढ्ने भएकाले होला, संस्कार, संस्कृतिहरुलाई रमाइलो तरिकाले हेर्ने बानिको विकास भएको पाएको छु।’ 

बच्चा हुँदा दसैँमा घरपट्टि छोरा भनेर दक्षिणा कम दिने भएकाले, विपिन सानो हुँदा मामाघर जान रुचाउथेँ। त्यतिबेला उनलाई १० रुपैयाँ दक्षिणा पाउँदा सबैभन्दा धेरै लाग्थ्यो। विपिन भन्छन्, दसैँ त बच्चा बेलाकै ठीक, अहिले सम्झिँदा पनि  रमाइलो लाग्छ।’

हेर्नुस् भिडियाेसहित

Logo