अभिनेत्री दिपाशा बीसी ‘जलपरी’ को निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा २८ वर्षको उमेरमा उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति अस्पतालमा भर्ना भएकी अभिनेत्री बीसीको बिहीबार बिहान निधन भएको हो । उनको मृत्युको कारण भने खुलिसकेको छैन ।
वि.सं २०५२ सालमा सुर्खेतमा जन्मिएकी उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् । उनले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरी उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् ।
विसं २०६८ सालमा फिल्म ‘दुलही रानी’बाट डेब्यु गरेकी उनले ‘बिरानो माया’, ‘चाल’, ‘गहिराइ’ तथा ‘ओएमजी’ शीर्षकका चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् ।































प्रतिक्रिया