रिलिज हुनु अघि नै शाहरूखको डंकीले कमायो १०० करोड

रिलिज हुनु अघि नै शाहरूखको डंकीले कमायो १०० करोड

केन्द्रबिन्दु
0
Shares

शाहरुख खानको फिल्म डंकीको रिलिजको काउन्ट डाउन सुरु भएको छ। 

फिल्मको पहिलो झलकले जादू गर्यो भने अब शाहरुख खानको फिल्मको गीत पनि निकै रमाइलो देखिएको छ। फिल्मको क्रेज जारी छ र शाहरुखले यो वर्षको तेस्रो बिग ब्याङ बनाउन लागेको बताइएको छ। 

शाहरुखको पछिल्लो ६ वर्षको करियरलाई हेर्ने हो भने डंकी  सबैभन्दा कम बजेटको फिल्म हो तर रिलिज हुनुअघि नै सय करोड कमाइसकेको बताइएको छ।

भारतीय मिडियाका अनुसुार चलचित्रले गैर थिएटर अधिकारबाट रिलिज हुनुअघि नै राम्रो कमाई गरिसकेको छ। अहिलेसम्म करिब १०० करोड कमाइसकेको जनाइएको छ । फिल्मको बजेटको कुरा गर्दा ८५ करोड भारु रहेको बताइएको छ। 

तर, यसमा निर्देशक राजकुमार हिरानी र मुख्य अभिनेता शाहरुख खानको शुल्क भने समावेश छैन। उनले फिल्मको नाफाबाट आफ्नो हिस्सा लिने र यो उनको पारिश्रमिक हुने बताइएको छ। फिल्म डंकीलाई दर्शकले जसरी प्रतिक्रिया दिइरहेका छन्,त्यसबाट फिल्मले बक्स अफिसमा हलचल मच्चाउने निश्चित छ। 

Skip This
Skip This
Logo