सर्ट फिल्म ‘सहारा’को शीर्ष गीत सार्वजनिक [भिडियाेसहित]

सर्ट फिल्म ‘सहारा’को शीर्ष गीत सार्वजनिक [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

सर्ट फिल्म 'सहारा'को 'तिमी नै मेरो धड्कन हौ' बोलको शीर्ष गीत सार्वजनिक भएको छ। आरके एण्ड आरके ईन्टरटेनमेन्टबाट हालै सार्वजनिक भएको शीर्ष गीतमा  यादव राज पाण्डेको शब्द र संगीत रहेको छ भने उनको साथमा सुमन परियारको स्वर रहेको छ । 

सरोज दाहालको निर्देशनमा बनेको शर्ट फिल्ममा आरके मानन्धरको कथा, पटकथा र संवाद रहेको छ भने आरकेको साथमा कलाकारहरु राजु भुजु, सिरु विष्ट, पल्पसा डंगोल, रबिना बास्ताकोटी, प्रसना कार्की, संगीता शर्मा, बिनोद प्याकुरेल तथा बाल कलाकारहरु इनाया प्रजापति,वजोस रत्न तुलाधर, प्रजन्य राणा लगायतको प्रमुख भूमिका रहेको छ । 

सामाजिक तथा पारिवारिक कथामा निर्मित फिल्म छिट्टै आरके एण्ड आरके ईन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत रिलिज हुने लेखक तथा कलाकार आरके मानन्धरले जानकारी दिए । रामेश्वर हुमागाईंको छायांकन रहेको शर्ट फिल्मकाे श्रृंगारमा विश्वराम केसी छन् । शर्ट फिल्मको निर्माता सिता मानन्धर हुन्।

भिडियाे- 

 

Logo