प्रभासले सलारबाट लिएर सय करोड पारिश्रमिक, अरूकाे कति लिए ?

प्रभासले सलारबाट लिएर सय करोड पारिश्रमिक, अरूकाे कति लिए ?


प्रभासको सलार २२ डिसेम्बरमा रिलिज हुँदैछ । जसअनुसार सलारले बक्स अफिसमा शाहरुख खानको फिल्म डङ्कीसँग प्रतिस्पर्धा गर्नेछ । सलारलाई केजीएफ फेम निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् भने डङ्कीलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । 

यसरी वर्षको अन्तिम दिनमा बक्स अफिसमा शाहरुख खान र प्रभासको भिडन्त हुने भएको छ । निस्सन्देह, यो खेलको नतिजा जस्तोसुकै होस्, दर्शकहरूले मनोरञ्जनको पूर्ण खुराक पाउने छन्। तर यसैबीच प्रभासले आफ्नो पान इन्डिया फिल्म सलारका लागि कति पारिश्रमिक लिइरहेका छन् भन्ने खबर पनि आएको छ ।

प्रभास सलारमा लार्जर देन लाइफको क्यारेक्टरमा देखिएका छन् र फिल्ममा उनको जबरदस्त एक्सन पनि देखिनेछ । फिल्मको बारेमा आइरहेको रिपोर्टमा प्रभासले सलारका लागि करिब १०० करोड पारिश्रमिक लिएको बताइएको छ । यति मात्र होइन, फिल्मको नाफामा पनि उनको हिस्सा रहनेछ र यो हिस्सा करिब १० प्रतिशत हुनेछ । यसरी सलारका लागि प्रभासको तलब थप चर्चामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

फिल्मकी नायिका श्रुति हासनको कुरा गर्ने हो भने उनले सलारका लागि करिब ८ करोड पारिश्रमिक पाएकी छिन् । जहाँ मलयालम फिल्मका सुपरस्टार पृथ्वीराज सुकुमारनले फिल्मका लागि करिब ५ देखि ६ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । जगपति बाबुले फिल्मका लागि ४ करोड पारिश्रमिक लिएको जानकारी दिइएको छ । यसअघि प्रशान्तले नील उग्राम, केजीएफ १ र २ पनि बनाएका छन् ।

Logo