अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेकाे फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने छ ।
सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दै छन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् । फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । उनी केही दिनमा छायांकन सेटमा सहभागी हुनेछन् ।
फिल्ममा अभिनेत्री नीतासहित सलोन बस्नेत, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा र भारतीय अभिनेता ब्रह्मानन्द पनि कलाकारको रुपमा छन् ।
चन्द्र पन्तकाे निर्देशन रहेकाे फिल्मलाई कबीर लालले खिचिरहेका छन् । फिल्मलाई सन् २०२४ भित्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।





























प्रतिक्रिया