प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव एनिमलमा, ब्यापार १ करोडमा झर्याे

प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव एनिमलमा, ब्यापार १ करोडमा झर्याे

केन्द्रबिन्दु
0
Shares

एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो। फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ। यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो। 

तर अहिले पान इन्डिया अभिनेता प्रभासको फिल्म ‘सलार’ रिलिज भएपछि ‘एनिमल’को खेल सकिँदै गएको देखिन्छ। अहिले चलचित्रको व्यापार घट्न थालेको छ। ‘एनिमल’ को ब्यापार माथी ‘सालार’ को प्रभाव प्रस्ट देखिन थालेको छ।

सैकनिल्कको रिर्पोट अनुसार ‘एनिमल’ले दैनिक सातदेखि १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै आएको थियो। तर रिलिजको २२ औँ दिनमा फिल्मले १.०४ करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ।

यो कलेक्शन फिल्मको रिलिज यताकै कम हो। तर, अब २२ दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ५३२.३३ करोड पुगेको छ।‘सालार’ को कुरा गर्ने हो भने साउथ सुपरस्टार प्रभास फिल्ममा मुख्य भूमिकामा देखिएका छन्।

फिल्मले पहिलो दिनमै सय करोडभन्दा बढी कमाई गर्दै यो वर्षकै सर्वाधिक ओपनर बन्ने भएको छ। यो  फिल्मको क्रेज हेर्दा अब कुनै पनि फिल्मलाई बक्स अफिसमा टिक्न मुस्किल भएको देखिन्छ।

Skip This
Skip This
Logo