कुमारको प्रियसीमा बिना र निक्सको रोमान्स [भिडियाे]

कुमारको प्रियसीमा बिना र निक्सको रोमान्स [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

गीतकार कुमार शिवाकोटीको चर्चित गीत ‘प्रियसी’ को सफलतासँगै ‘सिउॅंडीको काँडैमा’ रिलिज गरिएको छ । गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको काँडैमा कल्याण सिंहको संगीत रहेको छ भने मोहीत मुनालको एरेन्ज रहेको छ ।

छमछम नचाउने डान्सिङ शैलीको सिउॅंडीको काँडैमा मोडल बिना राउतसँग निक्स शर्मा गज्जबसँग खुलेका छन् ।  एक रोमान्टिक प्रेम कहानी र आफ्नी मायालुको प्रेमीले खुलेर प्रशंसा गरिएको सिउॅंडीको काँडैमा निर्देशक प्रहील कार्कीले बिना र निक्सलाई छमछम नचाएका छन् । 

प्रेम, रोमान्सले भरिएको सिउॅंडीको काँडैमाको निर्माताका रुपमा यशना लुईंटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटी रहेका छन् । यसअघि प्रेम र विरहका गीतहरु बजारमा ल्याएका गीतकार कुमार शिवाकोटीले फरक शैलीको छमछम नचाउने गीतको भिडियोबाट आँफुले निकै नै आशा राखेको बताए  । 

अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ बजारमा ल्याइसकेका छन्  । उनको  हामी नेपाली बोलको गीत रिलिजको क्रममा  रहेको छ । गीत लेखनमा लामो समयदेखि आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरू आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो  जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो ।

 

Logo