सालार निर्माताको सरप्राइज, राष्ट्रिय सिनेमा चेनमा टिकटको मूल्य घटायो

सालार निर्माताको सरप्राइज, राष्ट्रिय सिनेमा चेनमा टिकटको मूल्य घटायो

केन्द्रबिन्दु
0
Shares

प्रभास स्टारर ‘सलारःपार्ट१ सिजफायर’ ले ठूलो पर्दामा हिटसँगै बक्स अफिसमा आफ्नो दबदबा कायम राखिरहेको छ। 

चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ र केजीएफ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको यो भव्य एक्सन चलचित्रलाई ठूलो पर्दामा हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा आएका छ्न्। 

यसको मतलब यो फिल्मले बक्स अफिसमा पनि धमाका गरिरहेको छ र हिन्दी भाषामा पाँचौं दिनमा १०.२५ करोड कमाएको यो फिल्मको पाँच दिनमा कुल कमाई ९०.०६ करोड पुगेको छ।

यस्तो अवस्थामा चलचित्र हेर्ने जनताको उत्साहलाई कायम राख्न होम्बल फिल्म्सले दर्शकलाई विशेष सरप्राइज दिने निर्णय गर्दै भारतका प्रमुख राष्ट्रिय सिनेमा चेनहरूमा टिकटको दर घटाएको छ। 

टिकटको मूल्य घटाउनुको उद्देश्य सिनेमा हलहरूमा बढीभन्दा बढी दर्शक ल्याउनु हो। फिल्मले बक्स अफिसमा पहिले नै हिन्दी क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शनको साथ राज गरिसकेको छ र कम टिकट मूल्यको साथ फिल्मले आगामी दिनहरूमा थप दर्शकहरू जम्मा गर्ने अपेक्षा गरिएको छ।

यसबाट चलचित्रलाई फाइदा हुनेछ र आगामी दिनमा चलचित्रको ग्राफ पनि उकालो लाग्नेछ। सालारलाई फिल्म निर्माता प्रशान्त नीलले निर्देशन गरेका हुन् र यसमा प्रभास, श्रुति हासन, पृथ्वीराज सुकुमारन र जगपति बाबुले अभिनय गरेका छन्। चलचित्रलाई विजय किरागन्दुरले निर्माण गरेका हुन्। यो चलचित्र अहिले सिनेमा हलमा लागिरहेको छ।

Skip This
Skip This
Logo