डंकीमा शाहरूख खानकाे जादु कायमै, ११ दिनमा कमायाे ३६१ कराेड बढी

डंकीमा शाहरूख खानकाे जादु कायमै, ११ दिनमा कमायाे ३६१ कराेड बढी

केन्द्रबिन्दु
0
Shares

शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ।

राजकुमार हिरानीले निर्देशन गरेको यो पारिवारिक मनोरञ्जनात्मक चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। कमेडीसँगै डिङ्कीले सामाजिक सन्देश पनि दिने याे फिल्मले बजार तताइरहेकाे छ। 

डिसेम्बर २१ मा हलमा रिलिज भएको यो मल्टिस्टार फिल्मले सोचेभन्दा राम्रो कमाई गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

जसका कारण फिल्मले बक्स अफिसमा लगातार राम्रो कमाई गरिरहेको छ। चलचित्रले ११ औं दिनमा पनि आफ्नो पकड कायम राखेको छ। त्यसैले वर्षको अन्तिम दिन अर्थात दोस्रो आइतबार फिल्मको बक्स अफिस कलेक्शन कस्तो रह्यो, बुझाैँ। 

शाहरूखकाे प्राेडक्सन कम्पनिका रेड चिल्ली इन्टरटेन्मेन्टका अनुसार डकी विश्वब्यापी रूपमा ३६१.३० कराेड कलेक्सन गरिसकेकाे छ।सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै डंकीले रिलिजको ११ औं दिन अर्थात आइतवार ९.५ करोड भारूको शानदार कलेक्सन गरेको छ। योसँगै डङ्कीको हालसम्म भारतमा मात्रै कुल सङ्कलन १८५.७२ करोड रहेको छ। जसअनुसार नयाँ वर्षमा पनि डिङ्कीको कमाई बढ्ने अपेक्षा गरिएको छ।

फिल्मको हालसम्मको कमाईलाई हेर्दा डिङ्कीले भारतीय बजारमा छिट्टै २०० करोडको आँकडा पार गर्ने  देखिएकाे छ। राजकुमार हिरानीको फिल्ममा शाहरुख खान फरक अवतारमा देखिएका छन् । यो फिल्मबाट किङ खानले छुट्टै जादू बनाएका छन्।

यस मार्फत तापसी र शाहरुख पहिलो पटक स्क्रिन सेयर गर्दैछन्। फिल्ममा यी दुई बाहेक विक्की कौशल, बोमन इरानी, ​​अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ।

Skip This
Skip This
Logo