भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण


भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक(फ्यान)ले आक्रमण गरेका छन्। भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो।

आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन्। अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो। तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन्।

सोहीकारण उनका फ्यान रिसाएका थिए। तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो। भीड यति धेरै बढ्यो कि त्यो भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मे परेको थियो। 

भीडका कारण केही फ्यान घाइते भएका थिए। फ्यान घाइते भएपछि केहीले अक्षरामाथि ढुंगा प्रहार गरेका थिए। यद्यपि, त्यहाँ उपस्थित प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेको थियो।

अक्षरालाई बचाउने क्रममा फ्यानको ढुंगा लागेर एक प्रहरीको टाउको फुटेको छ । घाइते प्रहरीको दाउदनगरको सरकारी अनुमण्डल अस्पतालमा उपचार गरिएको छ। अक्षरामाथि फ्यानको आक्रमण यो पहिलो होइन। 

उनीमाथि २०२२ मा पनि आक्रमण भएको थियो। त्यो बेला उनी महाराष्ट्रको बदलापुर महोत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन्। त्यहाँ पनि उनलाई ढुंगाले आक्रमण गरिएको थियो। 

Logo